
काठमाडां, १५ चैत । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेसका स्वर्गीय नेता नवीन्द्रराज जोशी इमानदार र स्वच्छ छवि भएको राजनीतिकर्मी भएको बताएको छ ।
जोशीको निधनप्रति दुःख व्यक्त गर्दै जनमोर्चाले आइतबार एक शोक वक्तव्य जारी गरी मृतात्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
पार्टी अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीद्वारा हस्ताक्षतिर उक्त वक्तव्यमा लेखिएको छ, ‘नवीन्द्रराज जोशीले नेपाली कांग्रेसमा गणेशमान सिंहको नजिक रहेर सकारात्मक राजनीतिक भूमिका खेल्नु भएको थियो । उहाँ एक इमान्दार र स्वच्छ छवि भएको राजनीतिकर्मी हुनुहुन्थ्यो । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ र उहाँको मृत्युबाट शोकसन्तप्त परिवार तथा आफन्तजनहरुप्रति समवेदना प्रकट गर्दछौं ।’
मष्तिष्कघात भइ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत संविधानसभाका पूर्वसदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको गत शुक्रबार साँझ निधन भएको थियो ।















प्रतिक्रिया