२ कार्तिक २०८३, सोमबार

म्यानमारमा जनतामाथि सैनिक दमन बढ्यो, एकै दिन सयभन्दा धेरैको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्यानमार, १५ चैत । प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै आन्दोलनमा उत्रिएका म्यानमारका जनतामाथि सैनिक दमन दैनिक बढ्दै छ ।

प्रदर्शनकारीमाथि सैनिकले गोली चलाउँदा एकै दिन एक सय जनाभन्दा बढी मारिएका छन् ।

म्यानमारका विभिन्न स्थानमा शनिबार भएको प्रदर्शनका क्रममा १ सय जनाभन्दाको मृत्यु भएको अन्तराष्ट्रिय समाचारहरूमा उल्लेख छ ।

फेव्रुअरी १ मा त्यहाँको सेनाले ‘कू’ गरी सत्ता हातमा थिएको थियो। त्यसपछि त्यहाँका जनता प्रजातन्त्र पुनःस्थापनाको माग राख्दै निरन्तर आन्दोलन गरिरहेका छन् ।

योसँगै म्यानमारमा मारिने प्रदर्शनकारीको संख्या ४ सय नाघेको बताइएको छ ।