बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

विश्वकप छनौटमा पोर्चुगल र सर्वियाले अंक बाँडे

दैनिक नेपाल २०७७ चैत १५ गते १०:३१

लण्डन, १५ चैत । पोर्चुगलले विश्वकप फुटबलको युरोपियन छनोटमा सर्वियासँग बराबरी खेलेको छ। शनिबार राति भएको खेलमा पोर्चुगलले सर्वियासँग २–२ गोलको बराबरी खेलेको हो ।

रेड स्टार रंगशालामा समूह ‘ए’ मा घरेलु टिम सर्वियाविरुद्ध पहिलो हाफमै २–० गोलको अग्रता बनाए पनि पोर्चुगलले जित निकाल्न सकेन । पोर्चुगलका लागि डियागो जोताले दुई गोल गरे ।

सर्वियाका लागि एलेक्सजेन्डर मिट्रोभिच र फिलिप कोस्टिचले गोल गरे । खेलको ११ औं मिनेटमा जोताले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । ३६ औं मिनेटमा उनले अर्को गोल गरेपछि पोर्चुगल पहिलो हाफसम्म २–० गोलले अघि रहेको थियो ।

दोस्रो हाफमा सर्वियाले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको हो । खेलको ४६ औं मिनेटमा एलेक्सजेन्डर र ६० औं मिनेटमा फिलिपले गोल गर्दै सर्वियालाई २–२ गोलको बराबरी दिलाए ।

पोर्चुगलले यसअघि अजरबैजानलाई १–० गोलअन्तरले पराजित गरेको थियो । सर्वियाले आयरल्यान्डलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो ।

समूह ’इ’को बेल्जियमले चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेलेको छ । रसियाले स्लोभेनियालाई २–१, क्रोसियाले साइप्रसलाई १–०, टर्कीले नर्वेलाई ३–०, लक्जमवर्गले आयरल्यान्डलाई १–०, बेलारुसले इस्टोनियालाई ४–२, मोन्टेनेग्रोले जिब्राल्टारलाई ४–१, नेदरल्यान्ड्सले लात्भियालाई २–० तथा स्लोभाकिया र माल्टाले २–२ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित