६ मंसिर २०८३, आइतबार

मेलम्चीको पानी आजदेखि वितरण गरिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । आइतबारदेखि उपत्यकामा पहिलो पटक मेलम्चीको पानी वितरण गरिने भएको छ ।

पहिलो दिन चार करोड लिटर पानी वितरण गरिनेछ । पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेडको पुरानै प्रणालीबाट वितरण गरिनेछ ।

सुरुमा विभिन्न स्थानमा रहेका रिजर्भ ट्यांकीमा पानी जम्मा गरिने र त्यसपछि वितरण प्रक्रिया थालिने केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।

उत्यकामा दैनिक पानीको माग ४३ करोड लिटर छ । सुक्खा सिजनमा करिब १० करोड लिटर ग्राहकका धारासम्म पानी पुर्‍याउन सकिनेछ ।

काठमाडौं, भक्तपुर र ललितपुरका करिब ५० लाख जनसंख्याले यो पानी उपभोग गर्न पाउनेछन् ।