५ कार्तिक २०८३, बिहिबार

प्रतिगमनको खतरा टरिसकेको छैन, केपी ओलीलाई हटाउनै पर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत्र । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा अझै पनि प्रतिगमनको खतरा टरिनसकेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिनुभन्दा पनि उसलाई विदा गरेर संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

‘प्रतिगमनको खतरा टरेको छैन ! प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान रलोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुई विकल्प अगाडि छन् ! पहिलो बाटो तुलसी गिरी र केशरजंग रायमाझीको र दोश्रो बाटो बिपी–पुष्पलालको हो ! वुद्धि/विवेकको प्रयोग गरेर आफै रोजौं !,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएरै छोड्नुपर्ने आशय व्यक्त गरेका छन् । ओलीप्रति कडा र तुच्छ पदावली प्रयोग गर्दै आलोचना गर्ने भट्टराई एक मात्र पूर्वप्रधानमन्त्री हुन् ।