
रामेछाप, १४ चैत । रामेछापको दोरम्बा गाउँपालिका–७ दोब्लामा रहेको खरपाखामा लागेको आगो निभाउन जाने क्रममा गएराति भीरबाट लडेर एक वृद्धको ज्यान गएको छ ।
भीरबाट लडेर ७० वर्षीय प्रभुलाल श्रेष्ठको ज्यान गएको हो । गएराति खरबारीमा आगलागी भएपछि निभाउन गएका उनी भीरबाट लडेर करिब १ सय मिटर तल पुगेका थिए ।
स्थानीयहरुले उद्धार गरी एम्बुलेन्समार्फत काठमाडौं लैजाने क्रममा उनको बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएका छ ।















प्रतिक्रिया