बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

इजिप्टमा रेल दुर्घटना हुँदा ३२ जनाको ज्यान गयो, सयौँ घाइते

दैनिक नेपाल २०७७ चैत १४ गते १३:१७

सोहाग, १४ चैत । इजिप्टको सोहाग प्रान्तको टहटा शहर नजिकै शुक्रबार भएको रेल दुर्घटनामा परि ३२ जनाको ज्यान गएको छ ।

यात्रु बोकेका दुई रेल एक आपसमा ठोक्किँदा ३२ जनाको ज्यान गएको र एक सय ६५ जना घाइते भएको बीबीसीले जनाएको छ । दुर्घटना भएको ठाउँ इजिप्टको राजधानी कायरोबाट तीन सय ६५ किलोमिटर दक्षिणमा पर्छ ।

रेलमार्गमा अज्ञात व्यक्ति आएपछि अचानक ब्रेक लाग्दा रेल दुर्घटना भएको रेल विभागका अधिकारीहरुले बताएका छन् । दुर्घटना क्षेत्रमा घाइतेहरुलाई अस्पतालसम्म पुर्याउनको लागि ७० भन्दा बढी एम्बुलेन्स पठाएको जनाइएको छ ।

इजिप्टको रेल वे प्रणाली कमजोर भएको र मर्मत नगरेका कारण बारम्बार यस्ता दुर्घटना भइरहेको बीबीसीले लेखेको छ । यो भन्दा पहिले सन् २००२ मा पनि इजिप्टमा रेल दुर्घटना हुँदा ३ सय ७३ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित