
काठमाडौं, १४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले एक इमान्दार राजनीतिज्ञ मुलुकले गुमाउनुपर्दा आफूलाई दुःख लागेको बताएकी छिन् ।
इमान्दार एवं स्वच्छ छवि भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै उनले सो कुरा बताएकी हुन् ।
जोशीको निधनप्रति राष्ट्रपति भण्डारीले आज बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना पनि प्रकट गरेकी छन् ।















प्रतिक्रिया