५ कार्तिक २०८३, बिहिबार

स्पष्टीकरण सोधिएका नेताहरुलाई कारबाही गरीछाड्ने एमालेको सङ्केत

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएका नेताहरुमाथि कारबाही गरेरै छोड्ने सङ्केत एमालेले गरेको छ ।

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका कुनै पनि शर्त मान्य नहुने भन्दै कारबाहीबाट पछि नहट्न सङ्केत गरेका हुन् । आज शुक्रबार बसेको संसदीय दलको बैठकमा झलनाथ खनालसहितका नेताहरुले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने माग गरेपछि ओलीले जवाफ दिने क्रममा सो सङ्केत गरेका हुन् ।

अध्यक्ष ओलीले एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल नहुने अडान दोर्याउँदै एमाले २०७५ जेठ २ मै फर्किएको दाबी समेत गरेका छन् । माओवादीबाट एमालेमा आएका नेताहरुलाई पार्टी र सरकारको पक्षमा उभिएकाले उनीहरूको व्यवस्थापनमात्र भएको ओलीको भनाइ छ ।

ओलीले माधव नेपालसहितका ४ जना नेतालाई केन्द्रीय कमिटी बैठकले स्पष्टीकरण सोधेको भन्दै माधव नेपाल र भीम रावलको स्पष्टीकरण अत्यन्त नकारात्मक कोणबाट आएकाले कारबाहीको भागीदार हुने स्पष्ट पारेका छन् । नेताद्वयमाथि आगामी केन्द्रीय कमिटी बैठकबाट कारबाहीको निर्णय हुने बताइएको छ ।