८ कार्तिक २०८३, आइतबार

२४ घण्टामा कोरोना भाइरसका ४ जना संक्रमितको मृत्यु, ७० जना डिस्चार्ज

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका थप ४ जना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३ हजार २४ जना पुगेको छ । यो भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको यो दर १.०९ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घण्टामा ७० जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा २ लाख ७२ हजार ३४२ जना संक्रमितले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । संक्रमणमुक्त हुनेको यो दर ९८.४ प्रतिशत हो ।

यसैबीच पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १५६ जना नयाँ संक्रमित थप भएका छन् । बितेको २४ घण्टामा देशभर ४ हजार ४१६ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ६६५ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२९९ जना छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २२ लाख ५६ हजार ३०० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १२९९ जना आइसोलेसन र ५२ जना क्वारेन्टिनमा छन् ।