८ कार्तिक २०८३, आइतबार

महालक्ष्मी विकास बैँकको १९ औँ साधारणसभा सम्पन्न

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । महालक्ष्मी विकास बैंक लि. ले चैत १३ गते शुक्रबारका दिन आफ्नो १९ औँ वार्षिक साधारणसभा भिडियो कन्फरेन्स मार्फत सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ८.८% का दरले बोनस सेयर तथा ०.४६% नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिएको छ ।

साथै साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पँुजिगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले सो प्रस्तावलाई समेत पारित गरेको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।