आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

प्रदेश १ का नवनियुक्त मन्त्रीहरुद्वारा सपथ ग्रहण

दैनिक नेपाल २०७७ चैत १३ गते १६:०४

काठमाडौँ, १३ चैत । प्रदेश १ मन्त्रिपरिषदका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मन्त्रीहरुले मुख्यमन्त्री शेरधन राई र प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सपथ लिएका हुन् । राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राई र मन्त्रीलाई प्रदेश प्रमुख अधिकारीले शपथ गराएका हुन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ रहेका छन् ।

आजै कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि सपथ लिएका छन् । सहकारीमन्त्री राना र भौतिक पूर्वाधारमन्त्री गुरुङलाई मुख्यमन्त्री शेरधन राईले मन्त्रीमा बढुवा गरेका थिए ।

राज्यमन्त्री घलेले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएकी थिइन् भने ओझा र उषकला राई भने माधव समूह त्यागेर ओली समूहमा लागेका सांसद हुन् । त्यसैगरी मन्त्री आङबोहाङ माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित