आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

मधेश मुद्दा र माग सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक र गम्भीर: महन्थ ठाकुर

दैनिक नेपाल २०७७ चैत १३ गते १४:३५

काठमाडौँ, १३ चैत । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली आफूहरुको मागप्रति सकारात्मक रहेको बताएका छन् ।

शुक्रबार जनकपुरधाममा एक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले मधेशको मुद्दामा प्रधानमन्त्री ओली सकारात्मक र गम्भीर रहेको बताएका हन् ।

मधेश आन्दोलनताका कतिपय मुद्दाहरु जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतमा रहेका र ति प्रति प्रधानमन्त्री ओली सकारात्मक र गम्भीर रहेको बताए । उनले प्रधानमन्त्री ओलीले ति मुद्दाका विभिन्न कार्यहरुलाई आन्तरिकरुपमा अगाडि बढाएको समेत बताए ।

प्रधानमन्त्री ओलीसँग वार्ता भइरहेको उनले बताए । त्यस्तै, नेकपा एमालेको विवादले मुलुक अनिर्णयको बन्दी बनेको पनि उनले आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित