१३ कार्तिक २०८३, शुक्रबार

नेपाल-खनाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । नेकपा एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

कलंकीस्थित मेघा पार्टी प्यालेसमा केहीबेर अघिदेखि बैठक सुरु भएको हो ।

बैठकमा पार्टीले सोधेको स्पष्टिकरणका विषयमा छलफल हुने तथा आजै बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा जाने नजानेबारे आधिकारिक निर्णय गरिने बताइएको छ ।

यसअघि सो पक्षको सांसदहरु शुक्रबार दिउँसो ३ बजे आह्वान गरिएको संसदीय दलको बैठकमा जाने भनिए पनि आधिकारिक निर्णय नभएको जनाइएको छ ।

सर्वोच्चको फैसलापछि ब्यूँतिएको नेकपा एमालेको विवाद उत्कर्षमा पुगेको छ । दोस्रो पुस्ताका नेताहरुले पार्टीलाई एक ढिक्का बनाउनुपर्ने बताउँदै आएका छन् ।