आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

प्रदेश १ मा मन्त्रिपरिषद विस्तार, को-को बने नयाँ मन्त्री ?

दैनिक नेपाल २०७७ चैत १३ गते १२:२०

काठमाडौँ, १३ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार मन्त्रिपरिषद विस्तार गरेका छन् ।

आफ्नो सरकार नढल्ने पक्का भएपछि मुख्यमन्त्री राईले अर्थमन्त्रीमा टंक आङबुहाङ र सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएका छन् ।

त्यस्तै, हाल राज्यमन्त्री रहेका अम्बीरबाबु गुरुङलाई भौतिक पूर्वाधारमन्त्री र राम रानालाई कृषिमन्त्रीको जिम्मेवारी दिएको बताइएको छ ।

मुख्यमन्त्री राईको सचिवालयका अनुसार नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम दिउँसो १ बजे हुने बताइएको छ ।

आङबुहाङ माओवादीबाट एमालेमा प्रवेश गरेका हुन भने राई नेपाल समूहबाट ओली समूहमा फर्किएकी हुन् । त्यस्तै उदयपुरकी कला घले र मोरङका राजकुमार ओझालाई राज्यमन्त्री दिएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित