१३ कार्तिक २०८३, शुक्रबार

संसदीय दलको बैठकमा नेपाल पक्षका सांसदहरु सहभागी हुँदै

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । नेकपा एमाले संसदीय दलको बैठकमा नेता माधवकुमार नेपाल पक्षका सांसदहरु सहभागी हुने भएका छन् ।

यसअघि सहभागी नभएका उनीहरु शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा हुने बैठकमा सहभागी हुने भएका हुन् ।

नेपाल पक्षका सांसदरुहका अनुसार उनीहरु आजको बालुवाटारको बैठकमा सहभागी हुन लागेको बताइएको छ ।

आजको बैठकमा संसद प्रभावकारी बनाउने, सांसदहरुलाई विकास निर्माणका योजनाहरु कसरी पेश गर्ने भन्ने र दललाई एकढिक्का बनाउने विषयमा छलफल हुने बताइएको छ ।