आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

ट्रकले ठक्कर दिँदा प्रदेश २ का मुख्यमन्त्रीको पिएसओ असईको मृत्यु

दैनिक नेपाल २०७७ चैत १३ गते ११:३०

काठमाडौँ, १३ चैत । ट्रकले ठक्कर दिँदा प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतको पिएसओ प्रहरी सहायक निरीक्षकको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत एक धनुषाको मिथिला नगरपालिका–१० स्थित लालगढमा रहेको मोडल अस्पताल नजिक शुक्रबार बिहान करिब ३ बजे ट्रकले ठक्कर दिएको थियो ।

ट्रकले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरर्साइकललाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

असई कापरको ड्युटी सकेर घर फर्कने क्रममा दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको शव जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित