आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

भोजपुरमा आगलागी हुँदा चार घर जलेर नष्ट

दैनिक नेपाल २०७७ चैत १३ गते ९:५०

भोजपुर, १३ चैत । भोजपुर जिल्लामा सामुदायिक वनमा डढेलो लाग्दा चार चार घर जलेर नष्ट भएका छन् ।

बिहीवार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी खुकैलामा आगोले जलेर चार घर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

आगलागीबाट हतुवागढी गाउँपालिका– ८ का अर्जुन राई, कञ्चन राई, शान्तकुमारी राई कालीबहादुर राईको घर र गोठ जलेको छ ।

मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घरहरू जलेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित