९ कार्तिक २०८३, सोमबार

कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, १३ चैत । कञ्चनपुरमा लागुऔषधसहित २ युवक पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका–६ स्थित शून्य दशमलव ३३ ग्राम खैरो हिरोइन जस्तो देखिने लागुपदार्थसहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ पर्नेमा बैतडीको डिलासैनी गाउँपालिका–३ का २० वर्षीय लक्ष्मण भट्ट र भीमदत्त नगरपालिका ४ का १६ वर्षीय महेश साउद रहेको बताए ।

उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताएका छन ।