आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

दमौली खानेपानीको अध्यक्षमा वृषराजको उम्मेदवारी

वि वि श्रेष्ठ २०७७ चैत १२ गते २१:०५

-वि वि श्रेष्ठ

दमौली, १२ चैत । दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष पदमा सफल व्यवसायी तथा समाजिक क्षेत्रमा सक्रिय वृषराज श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

यही चैत १३ र १४ गते हुने अधिवेशनमा अध्यक्ष पदमा श्रेष्ठले उम्मेदवारीको घोषणा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका हुन् ।

जिल्लाको सवैभन्दा ठुलो खानेपानी संस्था रहेको दमौली खानेपानी उपभोक्ता संस्थामा व्यास नगरपालिकाको ं २,३, र ४ नं वडामा वितरित खानेपानी संस्थाको नेतृत्वका लागी श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन् ।

लामो समयदेखि विभिन्न संघसंस्था तथा शैक्षिक क्षेत्रमा योगदान दिनुभएको श्रेष्ठले दमौलीवासीले खानेपानीको समस्या झेल्नुपरेको सन्र्दभमा उपभोक्तालाई सरल रुपमा खानेपानी तथा सरसफाईको क्षेत्रमा दीर्घकालिन समाधानका योजना सहित उम्मेदवारी घोषणा गरेका हुन् ।

श्रेष्ठले खानेपानीको क्षेत्रमा सुधारका लागी ट्रिटमेन्ट प्लाण्टलाई सुधार गरि स्वस्थ्य, सफा, किटनाशक, प्रशोधित पानी वितरण गर्ने, आगलागीको अवस्थामा दमकलमा पार्न भर्न आवश्यक ठाँउमा प्वाईन्ट राख्ने, सार्वजनिक धाराको व्यवस्था गर्ने, महशुल भुक्तानीको लागी अनलाईन प्रणाली लागु गर्ने, आधुनिक डिजिटल प्रणाली लागु गर्ने, उपभोक्ताको आवश्यकतालाई ध्यान दिई वैकल्पिक मार्गवाट खानेपानीको आपुर्ति गर्ने योजना रहेको श्रेष्ठले बताए ।

व्यापारिक तथा समाजिक क्षेत्रमा सफल श्रेष्ठले खानेपानीका दिर्घकालिन समाधानका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । नगरवासीसँग हरेक क्षेत्रमा आफुले सहकार्य गरेको हुदाँ सहयोग गर्न पनि उनले आग्रह गरे ।

श्रेष्ठ तनहुँ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा केन्द्रिय सदस्य समेत हुन् । कर्ममा विश्वास गर्ने श्रेष्ठ जिल्लामा नै सफल उद्यमी र लोकप्रिय मानिन्छ । ईमान्दारिता, क्रियाशिलता र विश्वासनियता नै आफनो जित्ने आधार भएको श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित