१३ कार्तिक २०८३, शुक्रबार

कास्कीमा अत्यावश्यक बाहेकका भेला र जमघट गर्न रोक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १२ चैत । कास्कीमा अत्यावश्यक बाहेकका भेला र जमघटमा प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना संक्रमणको जोखिम बढेकाले यस्तो आग्रह गरेको हो ।

प्रदेशको ११ जिल्लामध्ये कास्कीमा संक्रमण तीव्र बढेको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका भेला तथा जमघटमा रोक लगाएको हो ।

बिहिबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा बसेको कास्कीको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले गृह मन्त्रालयको परिपत्रअनुरुप निर्णय गरेको हो ।

होलीलाई मध्यनजर गर्दै प्रशासनले मास्कको प्रयोग अनिवार्य तथा उचित सामाजिक दूरी राख्न पनि आग्रह गरेको छ ।

होटल, रेष्टुरेन्ट, सरकारी तथा गैरसरकारी कार्यालयहरु, शैक्षिक संस्था, व्यवसायिक फर्म एवम् बैंक तथा वित्तिय संस्थाहरुमा स्यानिटाइजर, मास्क, सामाजिक दुरी लगायतको मापदण्ड पूर्ण पालन गर्न गराउन अनुरोध गरेको छ ।