
काठमाडौँ, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सधैँ एक कदम अघि बढेको बताएका छन् ।
ललितपुरमा बिहिबार कृषि तथा पशुपंक्षी मन्त्रालयले गरेको पशुपंछीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
यो सफलताले सरकार हरेक दिन अघि बढेको प्रमाणित गरेको उनले बताए ।
उनले भने– ‘हाम्रो तरिका नै हरेक दिन एक कदम अगाडि हो । देश हरेक दिन एक कदम अगाडि बढेकै हुनुपर्छ, विकासको क्षेत्रमा, शिक्षाको स्तरमा, स्वास्थ्यको स्तरमा, यातायात बाटाघाटाको क्षेत्रमा, हवाई जहाजको क्षेत्रमा, आइटीको क्षेत्रमा, डिजिटल नेपालको क्षेत्रमा, उर्जा उत्पादनको क्षेत्रमा, पर्यटनको क्षेत्रमा हामी देखिने गरी अगाडि बढेका छौँ ।’
प्रधानमन्त्री ओलीले अब दुधमा नेपाल आत्मनिर्भर बनेको घोषणा गर्दै भने– ‘दुध आउन पनि कहिले होलिडे हुन्छ त ? गाईले भैसीले कुन दिन दुध दिने कुन दिन नदिने त्यो पनि थाहा पाउँछ त ? त्यो त किसानको दुध नकिन्न बनाएको बाहाना त हो । बढी भएको दूधबाट धुलो दुध उत्पादन गर्नुपर्छ र धुलो दूधलाई ह्वाइटनर भनेर बिक्री हुँदैन, त्यसलाई धुलो दुध नै भनेर बिक्री गर्नुपर्छ ।’ प्रधानमन्त्रीले दुग्ध विकास संस्थाले बजारमा ल्याएको धुलो दुध ‘ह्वाइटनर’ को सार्वजनिकीकरण समेत गरे ।












प्रतिक्रिया