५ कार्तिक २०८३, बिहिबार

२८९१ जनाको नमूना परीक्षण गर्दा बिहीबार थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२० जना नयाँ संक्रमित थप भएका छन् ।

बितेको २४ घण्टामा देशभर २ हजार ८९१ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५०९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ७२ हजार २७२ जना पुगेको छ ।

कोरोना संक्रमितको संख्या क्रमश बढिरहेको भए पनि पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन । पछिल्लो विवरणअनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २० जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२१७ जना छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २२ लाख ५१ हजार ८८४ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १२१७ जना आइसोलेसन र ५५ जना क्वारेन्टिनमा छन् ।