आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

शेफ सन्तोष शाहलाई नबिल बैंकको ‘हिरोज् अफ नेपाल’ सम्मान

दैनिक नेपाल २०७७ चैत १२ गते १६:४७

काठमाडौं, १२ चैत । नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएर लाखौंको माया पाउन सफल शेफ सन्तोष शाहलाई नबिल बैंकले ‘हिरोज् अफ नेपाल’ सम्मान प्रदान गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शीर उच्च बनाउन सफल नेपालीहरुलाई सम्मान गर्न नबिल बैंकले आयोजना गर्दै आएको ‘हिरोज् अफ नेपाल’को सम्मान यो वर्ष शाहलाई प्रदान गरिएको हो । हिरोज् अफ नेपालको यो दोस्रो संस्करण हो ।

शेफ सन्तोष शाहले युकेको मास्टर शेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्वसामु चिनाउनाका साथै नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई पनिप्रदर्शित गरेर हरेक नेपालीलाई गौरवान्वित बनाएकाले उनलाई सम्मान दिइएको बैंकको भनाइ छ ।

उक्त कार्यक्रममा बैंकको उच्च व्यव्ँस्थापन तहका अधिकारीहरुको समेत उपस्थिति थियो । नबिल बैंकले शेफ सन्तोष शाहलाई उनको उत्कृष्ट अनुगमनलाई जारी राख्न प्रोत्साहनको रूपमा प्रेरणादायक उपलब्धिका लागि सम्मान गरेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित