५ कार्तिक २०८३, बिहिबार

आगामी आइतबारदेखि मेलम्चीको पानी उपत्यकावासीको घर–घरमा पुग्दै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । आगामी आइतबार (चैत १५ गते) देखि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी काठमाडौं उपत्यकावासीको घर–घरमा पुग्ने भएको छ ।

बिहीबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा आयोजित पशुजन्य उत्पादनहरुमा आत्मनिर्भरता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गतेदेखि उपभोक्ताको धारामा मेलम्चीको पानी पठाउन लागिएको जानकारी दिएका हुन् ।

२२ वर्षपछि गत फागुन २२ गते मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा झारिएको थियो । प्रधानमन्त्री केपी ओलीले सुन्दरीजल पुगेर फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा खसेको थियो ।

त्यसअघि फागुन १० गते २६ किलोमिटर लामो मेलम्चीको सुरुङमा पानी खसाइएको थियो । १३ दिनपछि पानी सुन्दरीजलमा खसालिएको पानी आगामी आइतबारदेखि उपभोक्ताको धारमा पठाउन लागिएको हो ।