५ कार्तिक २०८३, बिहिबार

खनाल–नेपाल समूहले केपी ओलीसँग केन्द्रीय र स्थायी कमिटी बैठक माग गर्ने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । नेकपा एमालेका असन्तुष्ट पक्ष खनाल–नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग केन्द्रीय र स्थायी कमिटी बैठक माग गर्ने भएका छन् ।

विधानअनुसार एक चौथाई केन्द्रीय सदस्यले बैठक माग गर्न पाउने भएकाले सोहीबमोजिम बैठक माग गर्न लागिएको उनीहरुको भनाइ छ । यद्यपि पार्टी ब्युँतिएपछि ओलीले बोलाएको जुनसुकै बैठक उक्त समूहले बहिष्कार गर्दै आएको छ ।