५ कार्तिक २०८३, बिहिबार

चितुवाको छालासहित रामेछापका सोमबहादुर पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । संरक्षित बन्यजन्तु चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका–८ इटबु सिपाडोलबाट चितुवाको १ थान छाला (आखेटोपहार) सहित रामेछाप उमाकुण्ड गाँउपालिका–४ बलखी बस्ने ३० वर्षीय सोमबहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले सोमबहादुरलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको बताएको छ ।

सोमबहादुरलाई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय सानोठिमी भक्तपुरमा पठाइएको ब्यूरोले जनाएको छ ।