५ कार्तिक २०८३, बिहिबार

सप्तरीमा २८ वर्षीय पुरुषद्वारा ३० वर्षीया महिला बलात्कृत

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १२ चैत । सप्तरीमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् ।

जबरजस्ती करणी गरेको अभियोगमा हनुमाननगर कंकालिनि नगरपालिका–४ का २८ वर्षीय सञ्जय मण्डललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सञ्जयले ती महिलालाई आइतबार राति उनकै घरमा गई डर–धम्की दिई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । घटनापछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले मण्डललाई पक्राउ गरेको हो ।
े
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।