
काठमाडौं, १२ चैत । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८६ हजार ९०० र तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज बिहीबार चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।















प्रतिक्रिया