आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

जर्मनीले नेपाललाई १० मिलियन युरो अनुदान उपलब्ध गराउने

दैनिक नेपाल २०७७ चैत १२ गते १२:२५

काठमाडौं, १२ चैत । जर्मनी सरकारले नेपालको समावेशी विकास र हरियाली फर्काउनका लागि १० मिलियन युरो अनुदान उपलब्ध गराउने भएको छ ।

अनुदानसम्बन्धी सम्झातौमा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरले हस्ताक्षर गरेका छन् । नयाँ सहयोगले नीति र सार्वजनिक क्षेत्रलाई ग्रीड जोडिएको सोलार फार्म विस्तार गर्न, सोलार इरिगेसन विस्तार गर्न र अन्य गतिविधि विस्तार गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।

सो सहयोग नेपालको ग्रामीण भेगमा केन्द्रित हुने छ । नेपालका लागि जर्मनीका राजदूत सेइफेरले सहयोगमार्फत जर्मनीले नेपाललाई आर्थिकरुपमा चुनौतीपूर्ण रहेको अवस्थामा ऐक्यवद्धता जनाएको र जर्मनीलाई जलवायु परिवर्तनले उत्पन्न गरेको चुनौतीको सामना गर्न विश्वव्यापीरुपमा भएको प्रयासलाई सहयोग गरेको बताए ।

 

प्रतिक्रिया
सम्बन्धित