२ कार्तिक २०८३, सोमबार

फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा पोर्चुगललाई कठिन जित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । फिफा विश्वकप २०२२ को युरोपियन छनोटमा पोर्चुगलले कठिन जित हात पारेको छ ।

पोर्चुगलले समूह ‘ए’को खेलमा अजरबैजानलाई १–० गोलले हरायो । पोर्चुगलले आत्मघाती गोलको साहरामा जित निकालेको हो ।

खेलको ३७ मिनेटमा मेडभेदेवले आफ्नै पोस्टमा गोल गरेका थिए । विश्व विजेता फ्रान्स बराबरीमा रोकिएको छ । फ्रान्सलाई युक्रेनले १–१ गोलको बराबरीमा रोकेको हो ।

समूह ‘डी’को खेलमा फ्रान्सका लागि ग्रिजम्यानले १९ मिनेटमा गोल गरेका थिए । ५७ मिनेटमा फ्रान्सका किमपेल्बेले आफ्नै पोस्टमा गोल गर्दा युक्रेनलाई फाइदा पुग्यो ।

नेदरल्यान्ड्सलाई टर्कीले ४–२ गोलले पराजित गरेको छ । टर्कीको जितमा एलमाजले ह्याट्रिक गरे । उनले १५, ३४ र ८१ मिनेटमा गोल गरे ।