शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

काठमाडौंमा होटेलमा टोले गुण्डाहरूद्वारा आक्रमण

दैनिक नेपाल २०७७ चैत १२ गते ७:०४

काठमाडौं, १२ चैत । काठमाडौंमा आफ्नै साथीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१५ विष्णुदेवी टुसाल चोकका ३७ वर्षीय प्रभुकृष्ण थापा र २३ वर्षीय दीवाकर महर्जन रहेका छन् ।

उनीहरूले झापा दमक नगरपालिका–४ का ३० वर्षीय पदम खड्कालाई धारिलो हतियार प्रहार गरेका थिए । पदम काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ विष्णुदेवी बस्दै आएका छन् ।

होटलमा खाजा खाँदै गर्दा साथी–साथीबीच झगडा भएको थियो । झगडा भएपछि प्रभुकृष्ण र दीवाकरले पदमलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित