सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

नबिल बैंकले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने नबिल आईकार्ड

दैनिक नेपाल २०७७ चैत ११ गते ८:५३

काठमाडौं, ११ चैत । अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले युएस डलर नबिल आईकार्ड ल्याएको छ ।

बैंकमा खाता भएका ग्राहकहरूले उक्त कार्डमार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको ई–कमर्श साइटमार्फत अनलाइन सपिङ गरी विश्वभरि (भारत बाहेक) भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

सो कार्ड लिनको लागि ग्राहकहरूको खातासंगै पान पनि अनिवार्य हुनेछ । ग्राहकले एकै पटक वा पटक–पटक गरि एक वर्षमा अमेरिकी डलर ५०० बराबर को परिवर्त्य विदेशी मुद्राको सटही गर्न सक्नेछन ।

प्रतिक्रिया
सम्बन्धित