सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

नेपालमा ओपो एफ१९ प्रोको बिक्री शुरु

दैनिक नेपाल २०७७ चैत ११ गते ८:४७

काठमाडौं, ११ चैत । ओपोले नेपालमा आजबाट एफ१९ प्रोको विक्री आरम्भ गरेको छ ।

कम्पनीले देशभर रहेका प्रमुख अफलाईन रिटेल स्टोर्स मार्फत स्मार्टफोनको विक्री खुल्ला गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

मार्च १६ मा एक अनलाइन लञ्च ईभेन्टमार्फत ओपोले नेपालका लागि आफ्नो फ्ल्यागशीप मोडल ओपो एफ१९ प्रोका साथमा ओपो ब्याण्ड स्टाइल र ओपो एफ१९ पनि सार्वजनिक गरेको थियो ।

नेपालमा ओपो एफ१९ प्रोको मूल्य

८जीबी र्‍याम र १२८जीबी सञ्चय क्षमताका साथमा उपलब्ध गरिएको ओपो एफ१९ प्रोको मूल्य नेपालमा रु. ४४ हजार ९ सय ९० तोकिएको छ । कम्पनीले स्मार्टफोन फ्यान्ट्यास्टिक पर्पल र फ्ल्यूइड ब्ल्याक गरी दूई आकर्षक रंगमा उपलब्ध गराएको छ ।

प्रतिक्रिया
सम्बन्धित