३ कार्तिक २०८३, मंगलबार

बच्चन परिवारको सम्पत्ति कति ? कहाँ छन् अमिताभका भाई ?

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका अभिनेता अमिताभ बच्चन पचास वर्षभन्दा धेरै समयदेखि कलाक्षेत्रमा छन् ।

अमिताभ अझै पनि चलचित्रहरूमा सक्रिय छन् । अमिताभ आफ्नो सम्पूर्ण परिवार पत्नी जया बच्चन, छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यासँग मुम्बईको एक आरामदायी बंगला जलसामा बस्छन् ।

अमिताभको कान्छा भाई अजिताभ बच्चन छन् । अजिताभ अमिताभभन्दा पाँच वर्ष कान्छा थिए । उनको १९४७ मा इलाहाबादमा हरिवंश राय बच्चन र तेजी बच्चनको घरमा जन्म भएको थियो ।

आफ्ना जेठो दाजु अमिताभ जस्तै अजिताभ पनि नैनीतालको शेरवुड कलेजमा अध्यायन गरेका थिए । अजिताभ बच्चन भारतका एक प्रख्यात व्यापारी हुन् ।

यसअघि उनी लन्डनमा १५ वर्षसम्म व्यापारमा रहे । उनलाई लाइमलाइटमा बस्नु मनपर्दैन । अजीताभको रामोलासँग विवाह भएको छ। उनी एक सोसाइटी र व्यवसायी महिला हुन् ।

२०१४ मा उनलाई एशियन अफ द इयरबाट पुरस्कृत गरिएको थियो । लन्डनमा उनलाई पार्टीहरूको शान भनिन्थ्यो ।

२००७ अजिताभको परिवार भारत आयो । अजिताभ र रमोलाका ४ सन्तान छन् । छोरा भीमा, तीन छोरी नीलिमा, नम्रता, नैना ।

अजिताभको छोरो भीमा पेशामा लगानीकर्ता बैंकर हुन् । छोरी नयनाले २०१५ मा अभिनेता कुणाल कपूरसँग विवाह गरिन् ।

अमिताभ र अजिताभ वर्षौंसम्म एक अर्काबाट टाढा रहेका छन । दुबै आफ्नो काममा व्यस्त छन् । दुबैबीच धेरै माया र मित्रताको सम्बन्ध छ । कमाईको बारेमा कुरा गर्दा, अजिताभ अमिताभभन्दा कम छैनन् ।

अमिताभले जस्तै उनी पनि विलासितापूर्ण जीवन बिताउँछन् । उनले लन्डनमा बसोबास गरेर धेरै सम्पत्ति र नाम कमाएका छन् ।

अमिताभ बच्चन र जया बच्चनको परिवार भारतमै सम्पन्न परिवारमा पर्छ । फिल्म उद्योगमा बच्चन परिवारको नामको मात्र पनि छुट्टै सम्मान र स्थान छ ।

यो परिवारलाई बलिउड उद्योगमै धनी परिवारको रुपमा चिनिन्छ । करिब ४ दशकदेखि बलिउडमा राज गरेका अमिताभ र जया र लामो समयदेखि बलिउडमै जमिरहेका ऐश्वर्या र अभिषेकका सम्पत्ति कति छ ? भनेर धेरैलाई चासो हुने गर्छ ।

भारतीय सञ्चार माध्यमका अनुसार ऐश्वर्या र अभिषेकको भन्दा अमिताभ–जयाको सम्पत्ति धेरै छ । जया–अमिताभको कुल सम्पत्ति भारु. २८०० करोड रहेको छ ।

उनीहरूको मुम्बईमा जलसा र प्रतीक्षा नामको दुइटा बंगला छ । मुम्बईबाहेक उनीहरूको भोपाल, पुना, अहमदाबाद र फ्रान्समा पनि उनीहरूको सम्पत्ति छ ।

जयाले समाजवादी पार्टीको उम्मेदवार बन्ने समयमा आफ्नो कुल सम्पत्ति भारु. १००० करोड बताएकी थिइन् । उनीहरूसँग १२ वटा गाडी पनि छ । जया बच्चनसँग ६२ करोड भारुका गहना छन् ।