
काठमाडौँ, १० चैत । सत्तारुढ नेकपा एमाले र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच सहमति नभई छलफल सकिएको छ ।
मंगलबार बालुवाटारमा भएको छलफलमा दुई दलबीच सत्ता सहकार्यबारे कुराकानी भएको बताइएको छ ।
टीकापुर घटनाका दोषी रेशम चौधरीलगायतको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि लागेका मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकता लगायतमा छलफल भएको तर कुनै सहमति नभएको बताइएको छ ।
यद्यपि आगामी दिनमा पनि छलफललाई निरन्तरता दिइने जसपाका नेताहरुले बताएका छन् ।
पछिल्लो समय नयाँ सरकारको कुरा चलिरहँदा नेकपा एमालेले आफ्नै सरकारलाई आउँदो निर्वाचनसम्म टिकाइराख्न दलहरुसँग छलफल अघि बढाइरहेको छ ।












प्रतिक्रिया