
डोटी, १० चैत । भिरबाट लडेर अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी ७ वर्षीया बालिका आयुशा ठकुल्लाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार आज बिहान ८ः३० बजे विद्यालय जाँदै गरेको अवस्थामा भिरबाटो भन्ने ठाउँबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।
गम्भीर घाइते भएकी बालिकालाई प्रहरी टोलीले उद्धार गरी बयलपाटा अस्पताल लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका भिरबाट करीब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । –रासस















प्रतिक्रिया