२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे जसपाका यी नेताहरू

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ण् चैत । सत्ता समीकरणको दौडधुपमा लागेका जनता समाजवादी पार्टी (जसपा) का नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

अध्यक्ष महन्थ ठाकुरसहित नेता लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला बालुवाटार पुगेका हुन् । जसपाले जेलमा रहेका आफ्ना सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता र नागरिकताबारे संविधान संशोधनसहितका मुद्दाबारे प्रधानमन्त्रीलाई भेट्न गएको बताइएको छ ।

सत्ता समीकरणका लागि जसपाले अन्य दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुसँग पनि छलफल चलाउँदै आएको छ । भावी सत्ता गठबन्धनमा जसपा निर्णायक भूमिका उभिएको छ ।