२ कार्तिक २०८३, सोमबार

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क, १० चैत । अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर काउन्टीको एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी अधिकारीसहित कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार सोमबार दिउँसो साढे तीन बजेतिर बन्दुकधारीले ग्रोसरी स्टोरमा गोली चलाएका हुन् ।

द न्युयोर्क टाइम्सका अनुसार शंकास्पद बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी घाइते छन् । उनले किन आक्रमण गरेका हुन भन्ने खुलिसकेको छैन ।

राष्ट्रपति जो बाइडेनलाई घटनाबारे ब्रिफिङ गरिएको छ । सर्वसाधारणले बन्दुक राख्न पाउने कानुनी व्यवस्था भएको अमेरिकामा बेला(बेलामा यस्ता आक्रमणका घटनाहरू हुने गरेका छन् ।