सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

सिन्धुपाल्चोकका विद्यार्थीद्वारा प्रभु बैंक अवलोकन

दैनिक नेपाल २०७७ चैत १० गते ७:५७

काठमाडौं, १० चैत । प्रभु बैंक लिमिटेडले सिन्धुपाल्चोकका चार वटा विद्यालयका विद्यार्थीलाई प्रधान कार्यालयको अवलोकन गराएको छ ।

सोमबार तेर्षे माध्यामिक, श्री महेन्द्र माध्यामिक, श्री पाल्चोक माध्यामिक र भूमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ४८ जना विद्यार्थीले बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता र ज्ञान हासिल प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधान कार्यालय र बैंकबाट सञ्चालन, सम्पादन हुने विभिन्न क्रियाकलापहरूको अवलोकन तथा अध्ययनका लागि ४८ जनाको संख्यामा आएका विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी विभिन्न विभागहरूको स्थलगत अवलोकन गराइएको थियो ।

विद्यार्थीले प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरूसमेत राखेका थिए ।

प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरूमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ ।

आगामी दिनहरूमा प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न वित्तीय साक्षरता अभिवृद्वि गर्ने कार्यक्रमहरूमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय तहको बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउने प्रतिबद्ध रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित