८ कार्तिक २०८३, आइतबार

अब घरबाटै कामना सेवाको अनलाईन खाता खोली कारोबार गर्न सकिने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ चैत । कामना सेवा विकास बैंकले के. एस ईन्स्टा नामक एक नविनतम अनलाईन बचत खाता सञ्चालनमा ल्याएको छ ।

ग्राहक महानुभावहरुले बैंकको वेवसाईट मार्फत केहि मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा एक लाख रुपैयाँसम्मको कारोबार गर्न सक्नुहुनेछ ।

उच्चतम ब्याजदरसहितकोे यो विशेष बचत खातामा पहिलो वर्ष निःशुल्क मोबाईल र ईन्टरनेट बैकिङको सुविधा पनि छ । बैंकको केन्द्रीय कार्यालयमा भएको फेसबुक लाईभ कार्यक्रमकाबीच बैंकका अध्यक्ष सुदिप आचार्यले यो खाताको शुभारम्भ गरे । उक्त कार्यक्रममा बैंकका सञ्चालक विश्वेशवर सुवेदीको पनि विशेष उपस्थिती थियो ।

कामना सेवा विकास बैंकले देशका विभिन्न भागमा १२४ वटा शाखा, एक ऐक्सटेन्सन काउन्टर, ६६ वटा एटिम एवं सोसियल मिडिया बैंकिङ प्लेटर्फम मार्फत ग्राहकहरुलाई विविध किसिमका वित्तीय सेवा तथा सुविधाहरु प्रदान गदै आइरहेको छ ।