५ कार्तिक २०८३, बिहिबार

बंगलादेश पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई २१ तोपको सलामी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणामा बैगलादेशको राजधानी ढाका पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई हजरत शाहजालाल विमानस्थलमा २१ तोपको सलामी दिइएको छ ।

विमानस्थलमा बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले भण्डारीलाई स्वागत गरे भने त्यहाँको स्थल, जल र वायु सेनाले २१ तोपको सलामी दिए ।

भण्डारीको स्वागतमा विमानस्थलमा बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जावेद मलेक्यु, रेलमन्त्री नरुल इस्लाम, विदेश राज्यमन्त्री साहरियार आलम लगायत उपस्थित थिए ।

बंगलादेशका राष्ट्रिय पिता बंगलाबन्धुको सयौं जन्मजयन्तीका अवसरमा आयोजना गरिने विशेष समारोहमा सहभागी हुन दुईदिने भ्रमणका लागि नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी आज सोमबार बंगलादेश पुगेकी हुन् । (तस्वीर स्रोत : बीडीन्यूज२४ अनलाइन)