
काठमाडौँ, ८ चैत । सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ ।
कोरोना संक्रमणको दर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सभा जुलुस गर्नमा रोक लगाएको हो ।
भारतमा पछिल्लो समय कोरोना संक्रमणको दर तीव्र भएकाले नेपालमा पनि बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयले सभा, जुलुसमा रोक लगाएको हो ।
त्यस्तै, मन्त्रालयले संक्रमणबाट जोगिने उपायहरु नियमित अवलम्बन गर्न पनि अपील गरेको छ ।













प्रतिक्रिया