
काठमाडौँ, ८ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिसरा रेस्टुरेन्ट एण्ड बारबीच बैंकका ग्राहक महानूभावहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट/प्रिभिलेज कार्डवाहक महानूभावहरुले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको दरबारमार्ग, लाजिम्पाट, पोखरा लगायत देशै भरि रहेका शाखाहरुबाट सेवा लिँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक महानूभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया