लण्डन, ८ चैत । ज्याक मा चीनका सबैभन्दा धनी व्यक्ति बन्ने क्रममा थिए। तर सन् २०२० को नोभेम्बर महिनामा स्पष्टवक्ता ज्याक अचानक हराए ।
उनले आफ्नो घरबाट सुरु गरेको अलिबाबा अहिले विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनीमध्येमा पर्छ ।
उक्त कम्पनी अहिले अनलाइन किनमेल, क्लाउड कम्प्युटिङ र आर्टिफिश इन्टेलिजन्स ९एआई० जस्ता सेवाका माध्यमबाट करिब ८० करोड प्रयोगकर्तासँग जोडिएको छ ।
धनाढ्य ज्याक मा आफ्नो रवाफिलो उपस्थिति र प्रचारबाजीका लागि परिचित थिए । उनी आफ्ना हजारौँ कर्मचारीलाई भोज दिन्थे र उनीहरूको सम्मानमा यू रेज मी अप जस्ता गीत पनि गाउँथे ।
उनको पछिल्लो व्यवसाय एन्ट ग्रूपले अलिपे मोबाइल फाइन्यान्स एपको माध्यमबाट चीनको डिजिटल भुक्तानी बजारमा प्रभुत्व जमाएको छ ।
परम्परागत संस्थाहरूको नियन्त्रणबाट टाढा लाँदै एन्ट ग्रूपले चीनको ब्याङ्कीङ क्षेत्रमा कायापलट गर्न खोजेको छ ।
गत वर्ष अक्टोबर २४ तारिखका दिन एन्ट ग्रूप शाङ्घाईमा विश्वकै सबैभन्दा ठूलो प्राथमिक शेयर ९आईपीओ० निष्कासन गर्ने तयारीमा थियो ।
त्यसअघि ज्याकले एउटा कार्यक्रमलाई सम्बोधन गरेका थिए जसमा उनले चीनको वित्तीय प्रणालीको आलोचना गरेका थिए । त्यसपछि ज्यानुअरी महिनाको अन्त्य तिरसम्म उनी सार्वजनिक रूपमा देखा परेनन् ।
त्यसबीच उनलाई घरमै नजरबन्द गरिएको वा पक्राउ गरिएको हुन सक्ने हल्ला चल्यो । केहीले त उनी जीवित रहेको विषयमै प्रश्न उठाए । ज्याकको कथाबारे बीबीसी रेडिओ फोरको एउटा कार्यक्रमका लागि अनुसन्धान गरिएको छ ।
अलिबाबाका संस्थापकले चिनिया ब्याङ्किङ प्रणालीलाई ुुपोन(शप मेन्टलिटीुु ९धितो राखी ऋण दिने मनोवृत्ति० बाट निर्देशित रहेको आरोप लगाएका थिए ।
आधुनिक समयको डिजिटल वित्तलाई नियमन गर्ने विषयमा सरकारी निकायहरूले ूरेल स्टेशन व्यवस्थापन गर्न तयारी पारिएको तरिका विमानस्थल व्यवस्थापन गर्नुु प्रयोग गर्न खोजेको दाबी गरेका थिए ।
उनको यो अभिव्यक्तिले चिनियाँ ब्याङ्किङ क्षेत्रलाई क्रूद्ध पार्यो र उनीहरूले त्यसबारे राष्ट्रपति सी जिन्पिङको ध्यानाकर्षण गराए ।
लगत्तै ज्याक र उनका सहकर्मीहरूलाई नियामक निकायले छलफलका लागि भन्दै बोलायो र एन्ट ग्रूपको शेअर निष्कासन गर्ने योजनामा पनि रोक लगाइयो ।
ज्याक माको कम्पनीको शेअर मूल्यमा निकै ठूलो गिरावट आयो । अनि नियामक निकायसँगको बैठकपछि ज्याक कहीँकतै देखिएनन् । बीबीसी















प्रतिक्रिया