
काठमाडौँ, ७ चैत । नेकपा एमालेले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक कमिटीको रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीको अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख प्रदीप कुमार ज्ञवालीले बताएका छन् ।
हाल एमालेमा २६४ सदस्यीय केन्द्रीय समिति रहेको छ ।
महाधिवेशन कमिटीमा स्वतः अध्यक्षमा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिवमा ईश्वर पोखरेल रहने नेता ज्ञवालीले बताए ।
यस्तै आयोजक समितिमा रहेका सदस्यहरुको कार्यविभाजन गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, नेताहरु टोपबहादुर रायमाझी र शंकर पोखरेल रहेको अर्को एक समिति निर्माण गरिएको छ ।
त्यस्तै, बैठकले पार्टी हित विपरितको गुटगत गतिविधि गरेकोले नेता माधव कुमार नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।












प्रतिक्रिया