१४ कार्तिक २०८३, शनिबार

शनिबार ७९ जनामा कोरोना, ८२ जना निको

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ४ हजारको परीक्षण गर्दा गत २४ घण्टामा थप ७९ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ८ सय २९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ८२ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ७१ हजार ८ सय १५ जना पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९९८ जना रहेको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख ३३ हजार ३ सय ४५ जनाको पीसीआर परीक्षण भइसकेको छ ।