
काठमाडौँ, ७ चैत । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राजनीतिमा लाग्ने बताएका छन् ।
शनिबार जनकल्याण सामाजिक केन्द्रले आयोजना गरेको ‘१८औँ रक्तदान तथा सम्मान’ कार्यक्रममा उनले विकासमा नाममा कसैले पनि राजनीति गर्न नहुने बताउँदै जनताले चाहे आफू राजनीति गर्न सक्ने बताएका हुन् ।
त्यस्तै, उनले देशको विकासका लागि नीति तथा नेतृत्वको विकास गर्नुपर्ने बताए । “यो तेरो पार्टीको यो मेरो पार्टीको भन्नुभन्दा पनि सामूहिक रुपमा काम गरौँ, देशको विकास सम्भव छ”, उनले भने ।
आफूले प्रहरी सेवामा रहेर जनताको सेवा गरेको र जनताले अवसर दिए सक्रिय राजनीति गर्ने बताए । उनले राजनीतिमा बद्मासीको अन्त्य हुन जरुरी रहेको पनि बताए ।
देशमा हुने भ्रष्टाचार तथा अपराधको अन्त्य भए मात्रै देश विकास हुने खनालले बताए ।












प्रतिक्रिया