
काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउने सम्भावना नरहेको बताएका छन् ।
शनिबार नेकपा एमालेको संसदीय दलको बैठकमो प्रधानमन्त्री ओलीले सांसदहरुलाई भने, ‘यो सरकारविरुद्ध कसैले अविश्वासको प्रस्ताव ल्याउन सक्ने सम्भावना नै छैन । अविश्वास प्रस्ताव ल्याउन सक्ने ल्याकत कसैमा देखिएको छैन ।’
उनका अनुसार सरकारविरुद्ध कसैले अविश्वासको प्रस्ताव ल्याउने भए प्रतिनिधिसभा पुनर्स्थापना हुने बित्तिकै आउँथ्यो । उनले अब त्यो त्यो सम्भावना नरहेको बताएका हुन् ।












प्रतिक्रिया