१३ कार्तिक २०८३, शुक्रबार

नेकपा एमालेको संशोधित विधान पारित

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ चैत । नेकपा एमालेको संशोधित विधान पारित भएको छ ।

शनिबार बसेको संसदीय दलको बैठकले दलको विधान २०७७ पारित गरेको हो ।

बैठकमा विधान संशोधनका लागि गठित विशाल भट्टराई नेतृत्वको कार्यदलले पेश गरेको संसदीय दलको विधान संशोधन सहित पारित भएको हो ।

‘आजबाट नेकपा एमाले संसदीय दलको विधान २०७७ पारित भएको छ’, प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

बैठकमा कृष्णभक्त पोखरेल, वामदेव गौतम, विमला विक, लगायत १० जना सांसदले धारणा राखेका थिए ।

त्यस्तै संशोधित विधानमा दलको संसदीय बोर्ड २७ सदस्यीय रहेकोमा अब २९ सदस्यीय हुने बनाएको छ । त्यसैगरी दलको उपनेता दलको नेताले नै मनोनयन गर्ने व्यवस्था गरिएको मुख्य सचेतक भट्टराईले जानकारी दिए । उता नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहका केही सांसदहरुले भने यो विधिसम्मत नभएको दावी गरेका छन् ।